नियम १४
रजिष्ट्रार समक्ष लिखत पेश गर्नुपर्ने
  (१) इजलासको अधिकारक्षेत्रभित्र पर्ने मुद्दा दर्ता गर्न चाहने व्यक्तिले सोसँग सम्बन्धित लिखत रजिष्ट्रार वा निजले अधिकार प्रत्यायोजन गरेको अन्य अधिकृत समक्ष प्रस्तुत गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दर्ता गर्न ल्याएको मुद्दा छुट्टै दर्ता किताबमा दर्ता गरिनेछ ।
(३) दर्ता भइसकेको लिखतमा लेख, टाइप वा मुद्रणको सामान्य त्रुटि सच्याउनका लागि त्यस्तो लिखत पेश गर्ने व्यक्तिले निवेदन लिन सक्नेछ ।
(४) उपनियम (३) बमोजिमको निवेदनलाई इजलासले त्यसतो लिखतको पूरकको रुपमा मिसिल सामेत गर्ने आदेश दिन सक्नेछ ।
तर त्यस्तो लिखतमा परेको जुन कुरा सच्याउनका लागि निवेदन परेको छ, त्यसबाट मुद्दाको सम्पूर्ण कारबाही र इन्साफमा असर पर्न सक्ने देखेमा त्यस्तो निवेदनलाई इजलासले पूरक लिखतको रुपमा स्वीकार गर्ने छैन ।